अभूतपूर्व विश्वासको मतले उर्जा र गौरवबोध भएको छ : प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६पुसमा बसेको प्रतिनिधिसभा बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताउनु भएको छ ।

कम्युनिस्ट आन्दोलनका पूराना नेता, माओवादीको जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु । सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ ।’

पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्रीले पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको बताउनु भयो । उहाँले ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको र पूराना शिक्षक साथीहरू र विद्यार्थी पनि देख्दा छुट्टै आत्मीयताको महसुस गरेको बताउनु भयो।  ‘अहिले ४६ वर्षपछि गोरखाबाटै निर्वाचित भएर प्रधानमन्त्रीमा भएको छु,’ उहाँले भन्नुभयो, ‘बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास मेरो प्राथमिकतामा छ । म त्यहीँको जनप्रतिनिधि हुँ, मेरो जिम्मेवारी बढेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?