देशका विभिन्न स्थानमा आज गोरु जुधाउने प्रतियोगिता हुँदै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

रसुवा । माघे संक्रान्तिका अवसरमा देशका विभिन्न स्थानमा गोरु जुधाइ प्रतियोगिता हुँदैछ । नुवाकोट, रसुवा, धादिङ, तनहुँलगायतका स्थानमा यो प्रतियोगिता हुँदैछ ।

यस वर्ष रसुवाको वेत्रावतीमा नौ हल जुधाइने भएको छ। यस्तै जिल्लाभर भने पचास हल भन्दा बढी गोरुजुधाई हुने आयोजकहरूले बताएका छन्।

नेपालकै एकमात्र मौलिक प्रतियोगिता र परम्परा मानिने गोरु जुधाई जात्रा फरक नमुनाको रुपमा लिने गरिन्छ।

करिब एक सय पचास बर्ष पहिले नुवाकोट तारुकाबाट सुरु गरिएको गोरु जुधाई जात्रा अहिले सांस्कृतिक पर्वकै रुपमा बिभिन्न जिल्लामा मनाउन लागिएको छ।

चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व गोरुको घमासान घम्साघम्सी भएको मनोरञ्जन लिन रसुवा र नुवाकोट जिल्लाको सिमाना रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल वेत्रावतीमा बर्षौ देखि हजारौंको संख्यामा मानिसहरू आउने गरेका छन्।

गोरु पाल्ने किसानहरूको हकहित र नेपालको कृषि तथा पशु पर्यटन तथा आन्तरिक एवं वाह्य पर्यटनमा बृद्धि गर्दै मौलिक संस्कृति, परम्पराको जर्गेनामा समेत सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ।

यता तनहुँको बन्दीपुरमा पनि आज गोरु जुधाइने भएको छ । बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो ।

नारायण–गोपाल युवा क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि स्थानीयवासीले नै पालेको गोरु सहभागी गराउनुपर्नेछ । प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद रु १५ हजार र दोस्रो हुनेले रु सात हजार पुरस्कार पाउनेछन् ।

नुवाकोटकोटमा आयोजना हुने गोरु जुधाइ पर्व हेर्न नुवाकोट, आसपासका जिल्लासहित काठमाडौं, चितवनलगायत ठाउँबाट दर्शकहरू आउने गरेका छन्।

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुका चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलो पटक सुरु गरेको विश्वास गरिन्छ।

विसं १८४९ असोज १७ गते नेपाल र चीनबीच वेत्रावतीमा भएको सन्धीको खुसियाली तथा बेत्रावती सन्धीको सम्झनालाई जिवन्त राख्न गोरु जुधाउने परम्पराको सुरु भएको स्थानीयको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?