मन्त्रिपरिषद् विस्तार आज हुँदै, यस्तो छ भागबन्डा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मन्त्रिपरिषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो ।

दलहरूबीच भएको सहमति अनुसार बैठकले एमालेलाई सबैभन्दा धेरै ८ मन्त्रालय र एक राज्यमन्त्री दिने सहमति जुटाएको हो । एमालेबाट यसअघि विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बनिसक्नुभएको छ भने तीन जना बिनाविभागीय मन्त्री छन् ।

सत्ता गठबन्धनमा जुटेको सहमति अनुसार माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाएको छ। माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसक्नुभएको छ। माओवादीले एक राज्यमन्त्री पनि पाउनेछ ।

राप्रपाले ३, रास्वपाले ३ र जसपाले २ मन्त्रालय पाउने सहमति भएको छ। राप्रपाले उपप्रधानसहित उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। रास्वपाटका लामिछाने उपप्रधान तथा गृहमन्त्री हुनुहुन्छ। नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।

गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले शिक्षा मन्त्रालय र श्रम मन्त्रालय पाएको छ । उपप्रधान तथा गृहमन्त्रालय यसअघि नै रवि लामिछानले पाइसक्नुभएको छ ।

सिट बाँडफाटमा जसपा असन्तुष्ट

जनता समाजवादी पार्टी (जसपा) नेपालले मन्त्रालय बाँडफाँडमा असन्तुष्टि जनाएको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाट टुंगो लगाएको थियो । तर, भागवण्डाप्रति असहमति जनाउँदै जसपाले निर्णय पुनर्विचार गर्न भनेको छ ।

अन्यथा नभए आफूहरु सरकारमा सहभागी नहुने चेतावनीसमेत दिएको छ । ‘निर्णयमा पुनर्विचार नगरिए जसपा सरकारमा सहभागी हुदैन,’ प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भन्नुभयो ।

जसपाले उपराष्ट्रपति दाबी गरेको थियो । तर उपराष्ट्रपति माओवादीको भागमा परेपछि जसपाले बाँडफाँटमा असन्तुष्टि जनाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?