राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । मंगलबार बिस्तार हुने मन्त्रिपरिषद्‍मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्नेुहुने भएकाे छ ।

राप्रपाले तीन मन्त्रालय पाएको छ । राप्रपाबाट लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र ध्रुबहादुर प्रधान मन्त्री बन्न लाग्नुभएकाे हाे ।

राप्रपाका एक नेताका अनुसार पाण्डे सहरी विकास र प्रधान कानुन मन्त्री बन्नुहुनेछ । राप्रपामा महामन्त्री धवलशमशेर राणा, दीपक बोहोरा र पशुपतिशमशेर राणा मन्त्री बन्न इच्छुक हुनुहुन्थ्याे । तर, तीन मन्त्रालय मात्र भागमा परेकाले उहाँहरू मन्त्री बन्न सक्नुभएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् बिस्तार गर्नेुहुने भएकाे छ । दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने गरी तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?