सुदूरपश्चिम प्रदेशको उपसभामुखमा चौधरी निर्वाचित

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा सत्ता पक्षबाट नेकपा (एमाले) की कोइलीदेवी चौधरी निर्वाचित हुनु भएको छ। ५३ सदस्यीय प्रदेश सभामा उहाँले २८ मत पाउनु भयोे ।

प्रदेश सभाका मंगलबार साँझ बसेको पहिलो अधिवेशनको छैटौं बैठकले चौधरीलाई उपसभामुख निर्वाचित गरेको हो ।

उहाँलाई नेकपा (माओवादी) र नेकपा (एमाले) का १०/१०, नागरिक उन्मुक्तीका सात र राप्रपाका एक जना प्रदेश सभा सदस्यले मतदान गरे ।

उपसभामुखको चुनावमा विपक्षी उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का मायादेवी पन्तले २३ मत पाउनु भयो । उहाँका पक्षको एक मत बदर भएको छ ।

उहाँले नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र एक स्वतन्त्र गरेर २४ मत प्राप्त गर्नु पर्ने थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?