कांग्रेस पदाधिकारी बैठक बस्दै, सभामुखबारे निर्णय हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

बुधबार (आज) बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बस्न लागेको हो । कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे निर्णय गरेको छैन ।

आज बस्ने बैठकले यसबारे निर्णय गर्नेछ । मंगलबार बसेको सर्वदलीय बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई राष्ट्रपति र सभामुखमा सहमति गरेर जान प्रस्ताव राख्नुभएको थियो ।

प्रधानमन्त्रीको प्रस्तावको जवाफमा बैठकमा उपस्थित कांग्रेसका नेताहरूले यसबारे छलफल गर्न आफूहरू तयार रहेको बताएका थिए । माघ ५ गते बिहीबार सभामुखको निर्वाचन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?