देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमाले निर्णय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एमालेले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार एमालेको बैठकले झापा २ बाट विजयी घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमा सभामुख एमालेको भागमा परेको छ । घिमिरे एमाले प्रदेश १ का इन्चार्जसमेत हुनुहुन्छ ।

यसअघि एमालेमा सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईको नाम चर्चामा थियो । तर एमाले अध्यक्ष केपी ओलीले आफ्ना विश्वास पात्र घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय लिनु भएकाे हाे ।

संसद् सचिवालयले बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?