प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेको उम्मेदवारी दर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

उहाँको प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे रहनुभएकाे छ । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?