संसद बैठकमा हवाइ दुर्घटनाबारे जानकारी नदिएको भन्दै कांग्रेसको आपत्ति

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसले पोखरामा भएको हवाइ जहाज दुर्घटनाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रमेश लेखकले १ माघमा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाबारे जानकारी संसदमा गराउन सरकारको ध्यानाकर्षण गराउनु भएकाे हाे । उहाँले विमान दुर्घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग  गर्नुभयाे ।

विमान दुर्घटनाबारे सरकारले जानकारी गराउने बिहीबारको बैठकको कार्यसूचीमा समावेश हुने आफूले अपेक्षा गरेको भए पनि त्यस्तो नभएको भन्दै आपत्ति जनाउँदै लेखकले तत्काल कार्यसूचीमा समावेश गरेर विमान दुर्घटना के कारणले भएको हो, घाइतेहरुको उद्धारलगायतका विषयमा जानकारी गराउन सरकारको नाममा रुलिङ गर्न सभामुखसँग आग्रह गर्नुभयाे ।

जारी बैठकमा सा‌ंसदहरुले समसामयिक  विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको निर्वाचन हुँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?