विश्वप्रकाशको ओलीलाई जवाफ-कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिनुभएकाे छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुखमा ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा उहाँले ओलीलाई त्यस्तो जवाफ दिनुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बेला कांग्रेसले माछा मार्न ढोक्सा थापेको र त्यो ढोक्सा रित्तै हुने ओलीले बताउनुभएकाे थियाे । त्यसको जवाफ दिँदै शर्माले कांग्रेस संसदको सबैभन्दा ठूलो दलको नाताको हैसियतले सभामुखमा उम्मेदवारी दिनु कुनै ठूलो नभएको भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा माछा मार्न ढोक्सा थापेको भन्न नमिल्ने बताउनुभयाे ।

उहाँले ओली आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्न नदिने, अहिले प्रचण्ड प्रधानमन्त्री बन्दा आफू उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर पिँजडालाई कसिलो बनाएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयाे ।

शर्माले राष्ट्रपतिमा कांग्रेसले आँखा लगाए पनि त्यसमा नतर्सन सबैलाई आग्रह पनि गर्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?