सुनको मुल्य बढ्यो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । सुनको मूल्य एकै दिन तोलामा २ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस ३८.२८ डलरले वृद्धि भएकोले त्यसकाे प्रभाव नेपाली बजारमा परेकाे हो ।

यो वृद्धिसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २०८२.५५ डलर कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलामा २० रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?