उपसभामुखमा दुई जनाको उम्मेदवारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपसभामुख पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपसभामुखमा दुईजनाको मात्र उम्मेदवारी परेको हो ।

सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उहाँको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहनुभएको छ । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।

यस्तै नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उहाँको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?