सभामुख घिमिरेद्वारा आह्वान गरिएको सर्वदलीय बैठक सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले आह्वान गर्नु भएको सर्वदलीय बैठक सुरु भएको छ ।

सभामुख भएपछि उहाँले पहिलो पटक संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाउनु भएको हो । बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नम्वाङ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ ।

आज प्रतिनिधिसभाको उपसभामुख चयनका लागि मतदान हुँदैछ । त्यसैको पूर्र्व सन्ध्यामा सभामुख घिमिरेले सर्वदलीय बैठक बोलाउनु भएको हो । घिमिरे गत माघ ५ गते १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?