सीपमूलक तालिमबाट महिलालाई आत्मनिर्भर बनाउँदै पातारासी गाउँपालिका

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले पालिका भित्रका महिलालाई सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने भएको छ । पालिकाको  १ र २ वडाका महिलालाई अहिले सिलाई कटाई सिपमुलक तालिम सामाजिक विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयसंग सहकार्य र समन्वयमा तीन महिने सिलाई कटाई तालिम शुक्रबार बाट सूरु भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

पुस ६ देखि बैशाख ५ गतेसम्म सो तालिम संचालन हुने छ । बाँकी वडामा पनि ढाका बुनाई, हाते होजीयारी सीपमूलक तालिम महिलालाई दिएर आफ्नो जीविकापार्जनमा सहज बनाउन महिला केन्द्रित कार्यक्रम लागु गरी संचालनमा ल्याएको उपाध्यक्ष रोकायाले बताउनु भयो ।

‘पालिकाका १ र २ वडाका १५ जना महिलालाई सो तालिम दिएका छौँ । उनीहरुले राम्रोसंग सिप सिकेर अरु महिलालाई सिकाउनु पर्छ । सिप सिकाउँदैमा मात्रै महिलाको जीवनस्तर माथि उठ्दैन सिकेको सिपलाई निरन्तरता दिनुपर्छ । तालिम लिएपछि प्रमाणपत्र मात्रै सीमित नराखी व्यवहारमा उतारेर उद्यामी बन्नका लागि यहाँका महिलालाई यो अवसर समेत रहेको छ ।’ उपाध्यक्ष रोकायाको भनाइ छ ।

उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालयको नियमित कार्यक्रम अन्तरर्गत पातारासी गाउँपालिकाको साझेदारीमा उक्त तालिम सूरु गरेको कार्यालय प्रमख श्रीकृष्ण देवकोटाले जानकारी दिनुभयो । पातारासीका महिलाई आत्मनिर्भर गर्नेका लागि सो तालिम दिएको समाजिक विकास कार्यालय जुम्लाले जनाएको छ । अध्यक्ष,उपाध्यक्ष कार्यक्रमबाट पातारासीका स्थानीयलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्नेका लागि बजेट तथा कार्यक्रमबाट पारित भएकोले यहाँँका नागरिकको आवश्यकता अनुसार काम गरिने पतारासी गाउँपालिकाले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?