सुनचाँदी व्यवसायीद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेको छ । महासंघ अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार मन्त्री लामिछानेसँग भेट गरी सुनचाँदी व्यवसायको क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका विषयमा ध्यानाकर्षण गराएको छ ।

महासंघ अध्यक्ष शाक्यले शान्तिसुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन, सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी आवश्यक कानुन निर्माणमा पहल गर्न र कच्चा पदार्थको पर्याप्त आपूर्ति व्यवस्था मिलाउने वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा गृहमन्त्री लामिछानेले व्यवसायीले राखेका विषय आफूले गम्भीररूपमा लिएको भन्दै समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । भेटका क्रममा महासंघतर्फबाट उपाध्यक्षद्वय विपिन रामुदामु र महेन्द्र शाक्य एवं महासचिव धर्मसुन्दर बज्राचार्यलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?