सिन्धुली र रामेछापमा ७० वटा विकास निर्माण योजना सञ्चालन

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले यस बर्ष ७० वटा विकास निर्माणका योजनाहरु सञ्चालन गरेको छ । संघीय सरकारको शसर्त अनुदान र बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिन्धुली र रामेछापमा सञ्चालन गरिएको हो ।

उक्त विकास निर्माणका योजना सञ्चालन गर्न यस वर्ष रु.२६ करोड बजेट स्वीकृत भएको थियो । चार करोड दुई लाख २५ हजार खर्च भईसकेको कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पाँच वटा योजना निर्माण सम्पन्न भईसकेका छन् । खानेपानी तथा सरसफाई डिभिजन नं. ४ रामेछापको कार्यालय भवन निर्माण, सिन्धुलीको दुधौली नगरपालिकामा एकिकृत जग्गा विकास कार्यक्रमको भौतिक पुर्वाधार निर्माण र तीनपाटन गाउँपालिकामा एकिकृत जग्गा विकास अन्तर्गत भौतिक पूर्वाधार निर्माण विगत वर्षदेखि सञ्चालित छन् । यी बहुबर्षिय योजना हुन् ।

अन्य सबै विकास निर्माणका योजनाहरु ठेक्का सम्झौता भई सञ्चालनमा रहेको र अहिले बालेनस्टाईले विकास निर्माणको काम द्रुत गतिमा भईरहेको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । ‘सञ्चालित योजनामध्ये रु.५० लाख माथिका ११ वटा योजनाहरु छन् । विविध कारणले तीन वटा योजना भने सञ्चालन हुन सकेका छैनन्,’ उहाँले भन्नुभयो ।

सडक, सामुदायिक भवन, बस पार्क, बस्ती विकास, रंगशाला, करिडोर निर्माण, विद्यालय भवन, स्वास्थ्य चौकी भवन निर्माण लगायतका विकास निर्माणका योजनाहरु सञ्चालनमा रहेका उहाँले बताउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?