बजेटको अर्धवार्षिक समीक्षाको तयारी

Read Time = 2 mins

काठमाडौं । अर्थ मन्त्रालय चालु आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारीमा लागेको छ । मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन गर्दै सोको तयारीमा लागेको हो ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार समितिले गत पुससम्मको बजेट समीक्षाको प्रतिवेदन पेश गर्नुपर्नेछ भने समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले चालु आवको बजेटको समीक्षा गर्नेछ । बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्य नेतृत्वको समितिमा नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट एक/एकजना प्रतिनिधि, अर्थ मन्त्रालयका सबै सहसचिव र बजेट महाशाखाका सबै उपसचिव सदस्य रहेका छन् ।

सरकारले चालु आवका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट सार्वजनिक गरेकोमा चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.०२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.०८ प्रतिशत रहेको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?