भक्तपुर । आर्यन स्कुल अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टमा अध्ययनरत सिभिल इञ्जिनियरिङका विद्यार्थीले नेपाल इको प्यानलको अवलोकन भ्रमण गरेका छन् । उनीहरूले भक्तपुरको चाँंगुनारायण नगरपालिका-३ झौखेलस्थित इको प्यानल उत्पादन कारखानाको अवलोकन गरेका हुन् । विद्यार्थीले इको प्यानल उत्पादनका क्रममा हुने वातावरणमैत्री, ऊर्जा किफायतीलगायतका विषयमा जानकारी पाएका थिए ।
कारखाना भ्रमणका क्रममा विद्यार्थीलाई इको प्यानलको विशेषता अग्नि प्रतिरोधीबारेमा बुझाउन इको प्यानलमा आगो लगाउँंदा पनि नलागेको देखाइएको थियो । जसका लागि इको प्यानलमा पेट्रोल छर्केर आगो लगाउँंदा पेट्रोल भएसम्म मात्रै बल्ने तर केही असर नगर्ने भनेर आगो लगाएर देखाइएको थियो ।
फ्याक्ट्री म्यानेजर सुजन सुजखू र प्रोजेक्ट म्यानेजर सजिन ज्याख्वले इको प्यानलको उत्पादन प्रक्रियाका विविध पक्षबारे जानकारी गराएको कम्पनीले जनाएको छ । नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसनवालका रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच