कैलाली । कैलालीमा बन्चरो प्रहार गरि आमाको हत्या गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन् ।
उनले मंगलवार राति ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका कैलाली प्रहरीले बताएको छ । बन्चरो प्रहारबाट गम्भीर धाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो ।
लम्कीमा उपचार सम्भब नभएपछि धनगढी ल्याइएको थियो । उनलको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय लम्कीले थारुलाई पक्राउ गरेको छ ।
उनलाई मंगलवार बिहान जंगलबाट पक्राउ गरिएको हो । श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ । उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको