काठमाडौं । नेपालका प्रणव मानन्धर र सुनिरा थापाले आइटिएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ मा विजयी सुरुवात गर्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्समा प्रणवले भारतका निकिल डिसुजालाई ६-१ र ६-४ को सोझो सेटमा पराजित गर्नुभयो । सोही स्पर्धाको अन्य खेलमा भियतनामका फाम ला होङ, भारतका प्रत्यक्ष, भारतका मायंक शर्मा, हङकङका होङ कि लौ, चीनका फान्मिङ मेङ, भारतका वंश नन्दल, देवासिश साहु, आर्यन सुटर, ड्रिक शाह र सागर कुमार तथा भियतनामका नोक लाम काउले पनि पहिलो चरणमा जित निकाल्नुभयो ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा सुनिराले भारतकी अनुष्का भोलालाई ६-४, ५-७ र ६-१ को सेटमा हराउनुभयो । अन्य प्रतिस्पर्धामा भारतका सिम्रिन अहमद, अर्जन खोराकिवाला, इसी महेश्वरी, अमोदिनी नायक, तमन्ना टकोरिया, समइरा पहवा र साइ जान्भी तथा बेल्जिमकी क्यमिली फिसेट, हङकङकी जान लिङ छुन वोङ, रुसकी मिलिना सुब्खकुलोभा र थाइल्याण्डकी कन्छ्या छुङवातना विजयी हुनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको