काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरुले किसानलाई बैंकले मर्कामा परेको भन्दै कको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताउनु भयो ।
उहाँले बैंकहरुबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्युनिकरण गर्ने नाममा सरकारले किुखुरा फार्म नष्ट गरे बापत पाउने ५८ करोड क्षेतिपूर्ति तत्काल किसान दिन पनि माग गर्नुभयो । उहाँले किसानहरुले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन् । किसानहरु कृषि मन्त्रालय पुग्छन् रुन्छन् कराउँछन् । यी नै किसानहरु जसले बैंकहरुबाट ऋण लिएर साना कुखुरा फार्म चलाएका थिए । बर्डफ्लु न्युनिकरण गर्ने नाममा सरकारले किसानको कुखुरा फार्म नष्ट गरियो । नियम अनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन । दिन्छु भन्छ तर दिँदैन । सरकारले कृषकलाई झुलाउँछ । सरकारलाई भ्याइनभ्याई छ । तर बैंकले कृषकलाई समाउँछ । मेरो सरकारलाई प्रश्न छ । बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ? अप्रिय निर्णय गरेपछि आँशु झार्दै छानबिन गर्न समिति बनाउने हो की ? ऋणले थिचिएका किसानहरुलाई जोगाउनको लागि दिने भनेर निर्णय गरेको पैसा दिने हो ?’
त्यस्तै,स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पछिल्लो समय मानिसहरु आत्मदाह गर्ने बढेको भन्दै आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरिय न्यायिक छानबिन समिति गठन गर्न माग गर्नुभयो । उहाँले मानिसहरुले सामान्य जीवन चलायन समस्या भएको अवस्थामा न्यायिक समितिले जीवन चलायन सहज बनाउने बताउनु भयो ।
उहाँले पछिल्लो समय मुलुकभर आत्महत्या र आत्मदाहा गर्ने मानिसहरुको सख्या बढ्दै गएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच