एक महिनापछि पनि ‘गदर-२’को बक्स अफिसमा वर्चस्व कायम

Read Time = 1 min

एजेन्सी । बलिउड चलचित्र ‘गदर-२’ ले एक महिनापछि पनि बक्सअफिसमा आफ्नो वर्चस्व कायम राखेको छ । ‘गदर २’ को विश्वव्यापी कलेक्शनको कुरा गर्दा चलचित्रले ६८० करोड कमाएको छ ।

‘गदर २’ को साताको हिसाबले हेर्ने हो भने चलचित्रले घरेलु बक्स अफिसमा पहिलो साता २८४ करोड, दोस्रो साता १३४ करोड, तेस्रो साता ६३ करोड, कमाएको थियो । चौथो साता र पाँचौं हप्तामा सात करोड रुपैयाँ कमाएको छ । ‘गदर २’ सन् २०२३ मा भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो हिन्दी चलचित्र बनेको छ ।

‘गदर २’ भन्दा अगाडि शाहरूख खानको ‘पठान’मात्र छ । यसै वर्षको जनवरीमा रिलिज भएको ‘पठान’ले घरेलु बक्स अफिसमा ५४३ करोड कमाएको छ । ‘गदर २’ले ३८औं दिनमा जसरी कमाइ गरेको छ, कतिपय विज्ञहरूले ‘पठान’लाई उछिनेको अनुमान गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?