नेपाल एयरलाईन्सको अनलाईन टिकटिङले दुर्गम जिल्लाका स्थानीय खुशी

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । हवाईसेवाको अनलाइन ईटिकट प्रणली लागु नहुदाँ जुम्ला लगायत दुर्गममा टिकटका लागि निकै सकस हुने गरेको थियो । नेपाल एयरलाईन्सको नेपालगंजबाट जुम्ला सहित दुर्गममा उडान हुने जहाजमा अनिवार्य अनलाईन ईटिकट प्रणाली शुरु गरेको छ । एयरलाईन्सले विहीवारदेखी आफ्ना ई –टिकट प्रणाली शुरु गरेको हो ।

नेपालगंजबाट उडान हुने जिल्लाहरु जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरामा अनलाईन टिकट शुरु भएको नेपाल नागरिक उड्यनन प्राधिकरण नेपालगंजका प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । विहीवारदेखि सो सेवा शुरु गरिएको र जिल्लाबाट फर्किदा पनि यो सेवा पहिलो पटक शुरु गरिएको प्राधिकरण नेपालगंजका प्रमुख श्रेष्ठले भन्नुभयो,“ दुर्गममा जहाजको टिकट शक्ति र पावरको रुपमा मात्रै वितरण हुने जनगुनासो लाई सम्बोधन गर्नेका लागि सर्वसाधारणलाई जहिलेपनि टिकट लिन सास्ति हुने भएकाले ईटिकट प्रणाली शुरु गरिएको हो । नेपाल एयरलाईन्सले कर्णालीका सवै जिल्लामा ईटिकट प्रणाली शुरु गरेको नेपाल नागरिक उड्यनन प्राधिकरण नेपालगंजका प्रमुख श्रेष्ठको भनाइ छ । ”

जुम्लाका संघीय सभाका सांसद् छिरिङ ल्यामु लामा तामाङले माथिल्लो कर्णालीका जिल्लामा हवाई र यातायातका समस्या सामाधान गर्नेका लागि सम्बन्धी मन्त्रालयसँग सहकार्य र समन्वयको माध्यमबाट समस्याको निकासका लागि परेको सांसद् तामाङले बताउनुभयो । कर्णाली र जुम्लामा हवाई उडानको समस्या सामाधानका बिषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसंग जिल्लाको समस्या बारे माग पेश गरेको थियो । सांसद् लामाले भन्नुभयो,“ निरन्तर पहल पछि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णालीमा अनलाईन ईटिकट प्रणाली शुरु गरेको छ । अब यहाँका नागरिकलाई राहत हुने भएको छ । सवैभन्दा कठिन जुम्ला सहित कर्णालीले भोग्नुपरेको बिषय हवाई सेवा र यातायातको पहिलो समस्या हो ।

जहाज नियमित नहुने, त्यहाँ जाने जहाजमा टिकट वितरणमा समस्या भएकाले नागरिकले दुख भोक्दै आएकाले आफु सांसद वनेदेखी निरन्तर पहलमा छु, । ” माघ ९ गते मन्त्री किरातीलाई जुम्लामा ईटिकट र विमानस्थल स्तरबृद्धिको लागि लिखित पत्र दिएको सांसद् लामाले बताउनुभयो । नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले टिकटमा नागरिकले सास्ति भोग्नु परेको अवस्थाले तत्काल ईटिकट लागु गरिएको भएको बताउनुभयो । मन्त्री किरातीले यो कामका लागि सांसद छिरिङ ल्यामु लामाको पहल महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । ईटिकट प्रणाली लागु भएपछि सजिलो हुने भन्दै स्थानीयव खुशी भएका छन् । अन्य निजी जहाजमा पनि अनलाईन टिकट लागु गर्न तथा विमानस्थलको स्तरबृद्धि गर्न पहल भएको सांसद् लामाले जानकारी दिनुभयो । नेपाल एयरलाईन्स जुम्लाका कर्मचारी डम्बर खत्रीले जुम्लामा पनि अनलाईन टिकट कार्यान्वयन भएको जानकारी दिनुभयो । कर्णाली राजमार्गको समस्याका बिषयमा मन्त्री नारायाणकाजी श्रेष्ठलाई समेत भेटेर माग राखेको सांसद् लामाको सचिवालयले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?