निर्जीवन बीमाद्वारा २० अर्ब बीमा शुल्क संकलन

Read Time = 5 mins

काठमाडौं । निर्जीवन बीमा कम्पनीले छ महिनामा २० अर्बभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । सो अवधिमा बीमा शुल्क संकलन ५.१५ प्रतिशतले बढेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को पुससम्ममा १८ कम्पनीले कुल २० अर्ब आठ करोड २५ लाख ५५ हजार रुपैयाँ संकलन गरेका हुन् । गत आवको सोही अवधिमा १९ अर्ब नौ करोड ८२ लाख संकलन गरेका थिए । चालु आवको पुससम्ममा अघिल्लो आवको सोही अवधिको तुलनामा १२ कम्पनीको बीमा व्यवसाय बढेको छ भने छ कम्पनीको घटेको छ । युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, पु्रडेन्सियल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको अघिल्लो आवको तुलनामा घटेको हो ।

चालु आवको छ महिनामा राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको भने बीमा शुल्क संकलन बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार शिखर इन्स्योरेन्सले दुई अर्ब ६५ करोड २३ लाख ४८ हजार, नेको इन्स्योरेन्सले एक अर्ब ५४ करोड ५८ लाख ४७ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब ५० करोड ८१ लाख ७९ हजार, सगरमाथा इन्स्योरेन्सले एक अर्ब ४९ करोड ८० लाख ७० हजार, राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ४० करोड ७७ लाख ११ हजार, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ३४ करोड १८ लाख ८४ हजार, एनएलजी इन्स्योरेन्सले एक अर्ब २० करोड ३८ लाख ४७ हजार, प्रिमियर इन्स्योरेन्सले एक अर्ब सात करोड ३२ लाख ४४ हजार रुपैयाँ संकलन गरेका छन् ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को पुससम्ममा १८ निर्जीवन कम्पनीले कुल २० अर्ब आठ करोड २५ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सले एक अर्ब एक करोड ६४ लाख ५७ हजार, लुम्बिनी जनरल इन्स्योरेन्सले ९७ करोड १९ लाख २३ हजार, अजोड इन्स्योरेन्सले ९० करोड ४८ लाख ७२ हजार, आइएमई जनरल इन्स्योरेन्सले ९० करोड २६ लाख १४ हजार, प्रभु इन्स्योरेन्सले ८२ करोड ४५ लाख छ हजार, नेपाल इन्स्योरेन्सले ७९ करोड ३६ लाख ७० हजार, दि ओरियन्टल इन्स्योरेन्सले ७० करोड १४ लाख ५१ हजार, पु्रडेन्सियल इन्स्योरेन्सले ६४ करोड ८६ लाख ६७ हजार, युनाइटेड इन्स्योरेन्सले ५९ करोड ३१ लाख ३५ हजार र नेशनल इन्स्योरेन्सले ४९ करोड ४० लाख ७५ हजार रुपैयाँ संकलन गरेका छन् ।

छ महिनामा शिखर इन्स्योरेन्सले निर्जीवन बीमा क्षेत्रको कुल बीमा शुल्कको १३.२१ प्रतिशत संकलन गरेको छ भने नेशनल इन्स्योरेन्सले सबैभन्दा कम २.४६ प्रतिशत गरेको छ । नेको, हिमालयन एभरेष्ट, सगरमाथा, राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ, एनएलजी, प्रिमियर र सानिमा जिआइसीको कुल बीमा शुल्क संकलन पाँच प्रतिशतभन्दा धेरै रहेको छ भने नौ कम्पनीको हिस्सा पाँच प्रतिशतभन्दा कम रहेको छ । निर्जीवन बीमा कम्पनीले चालु आवको पुससम्म १३ लाख ९५ हजार ३२ वटा बीमालेख जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?