वडाअध्यक्ष माथि लाग्यो बलात्कारको आरोप

सांकेतिक तस्बिर

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । बर्दियामा एक जना जनप्रतिधिले महिलालाई जवरजस्ती करणीको प्रयास गरेको भन्दै मुद्धा दर्ता भएको छ ।
जिल्लाको बाँसगढि नगरपालिका ८ का वडाध्यक्ष तुलप्रसाद गौतमले स्थानिय महिलालाई राति घरमा कोहि नभएको बेला ९ वजेतिर बलात्कारको प्रयास गरेको पिडितले निवेदनमा उल्लेख गरेको इलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरीक्षक सन्तोष चन्दले बताउनु भयो ।
शनिवार मुद्धा दर्ता भएको छ भने महिलाको मेडिकल जाँच पनि गरिएको छ ।
जग्गा विक्रिका लागी छलफल गर्ने भन्दै महिलाको घरमा पुगेका गौतमले सुरुमा मदिरा पान गरेको त्यसपछि बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ । घरका परिवार सुत्न गएका बेला अध्यक्षले महिलालाई समातेर बलात्कार गर्न खोजेपछि हल्ला गर्दा घरका सदस्यहरुले जानकारी पाएका थिए ।

बलात्कारको आरोप लागेका गौतम भने सम्पर्क विहिन छन् । यता बाँसगढी नगरपालिकाका नगर प्रमुख खडकबहादुर खड्काले आफुलाई यस विषयमा केही थाहा नभएको बताउनु भयो । ‘घटना के हो मलाई थाहा छैन’ उहाँले हिमालय टाइम्सलाई बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?