एभर्टनसँग आर्सनल पराजित

Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । शनिबार राती भएको खेलमा आर्सनललाई एभर्टनले १–० गोल अन्तरले हराएको हो । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन जेम्स टार्कोस्कीले निर्णायक गोल गर्नुभयो । जेम्सले खेलको ६०औँ मिनेटमा गोल गर्नुभयो ।

जितसँगै एभर्टनको ११ खेल लामो जितविहीन यात्रा टुंगिएको छ । लिग लिडर आर्सनलको यो सिजनको दोस्रो हार हो । फ्राङ्क लाम्पार्डलाई हटाएर सिन डाइचलाई नयाँ प्रशिक्षक बनाएलगत्तै एभर्टन पहिलो खेलमै विजयी भएको हो । जितसँगै एभर्टन २१ खेलबाट १८ अंक जोडेर १७औँ स्थानमा उक्लिएको छ । पराजित आर्सनल २० खेलमा ५० अंक जोडेर शीर्षस्थानमै रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?