काठमाडौं । बजारमा कच्चा सुनकोे चरम अभाव भएको भन्दै सुनचाँदी व्यवसायीले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन माग गरेको हो ।
मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । महासंघले सुनचाँदी कारोबारको निर्देशका जारी गर्नसमेत माग गरेको छ । सो अवसरमा उपाध्यक्षद्वय पवनकुमार सोमानी र महेन्द्ररत्न शाक्य तथा सचिव किरणभाइ बज्राचार्य र सहकोषाध्यक्ष पद्मसुन्दर शाक्यलगायतको उपस्थिति रहेको महासंघले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको