टर्की र सिरियामा भूकम्पमा दुई करोड ३० लाख मानिस प्रभावित

Read Time = 5 mins

इस्तानबुल । दक्षिणी टर्की र उत्तरी सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनले खुला आकाशमुनि पानी, बिजुली र इन्धन नहुँदा भूकम्पपीडितका लागि कठिनाइ बढ्ने र यसका कारण कतिपयको ज्यानसमेत जान सक्ने आशंका व्यक्त गरेको छ ।

यो पनि भनिएको छ कि थप भूकम्प आउनसक्छ र तीव्रता पहिलेभन्दा बढी हुन सक्छ । यसैबीच, उद्धारकर्मी काम गरिरहेका छन् तर भवनको भग्नावशेषमा दबिएका मानिसहरूको बाँच्ने सम्भावना समय बित्दै जाँदा कम हुँदै गएको छ । विश्व स्वास्थ्य संगठनले भूकम्पबाट ती दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।

दर्जनौं बेलायती परोपकारी संस्थाहरूले प्रभावितका लागि कोष जुटाउन मद्धतका लागि अपिल गरेका छन् । टर्कीले सिरियाको सिमानामा दुईवटा सीमा नाका खोल्ने आशा व्यक्त गरेको छ जसले गर्दा त्यहाँ राहत सामग्री ल्याउने बाटो खुल्छ ।

मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो । सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७.५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको थियो ।

तीनमिटर पश्चिम सर्‍यो टर्कीको जमिन
सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण टर्कीको जमिन १० फिट अर्थात् करिब तीन मिटर पश्चिमतिर सरेको छ । यो दाबी इटालीका भूकम्प विज्ञ डा.कार्लो डोग्लियानीले गर्नुभएको हो ।

विज्ञहरूका अनुसार यो पृथ्वी ठूलाठूला टेक्नोकिक प्लेटमाथि अवस्थित छ । यी प्लेटमुनि तरल पदार्थ लाभा रहेको छ । यी प्लेट लगातार तैरिरहन्छन् । त्यहीक्रममा कयौँ पटक एकआपसमा ठोक्किन पुग्छन् ।

टर्कीको धेरै भूभाग एनाटोलियन टेक्नोकिक प्लेटमाथि रहेको छ । यो प्लेट युरोशियन, अफ्रिकन र अरबियन प्लेटको बीचमा फसेको छ ।
जब अफ्रिकन र अरबियन प्लेट यताउता सर्छन् तब टर्कीमुनिको अर्को प्लेट स्याण्डबिच जसरी फस्न पुग्छ । यसका कारण पृथ्वीभित्र ऊर्जा उत्पन्न हुन्छ र भूकम्प जाने गर्छ । सोमवार टर्कीमा उत्तरी एनाटोलियन फल्ट लाइनमा भूकम्प आएको हो ।

इटालीका भूगर्भविद डा.कार्लो डोग्लियोनीका अनुसार एनाटोलियन टेक्नोकिक प्लेट र अरबियन प्लेट एक अर्काबीचबाट २२५ किलोमिटर सरेका छन् । यसकै कारण टर्की आफ्नो भौगोलिक स्थानबाट १० फिट सरेको हो ।

डोग्लियोनीले बताए अनुसार टेक्नोकिक प्लेटमा भएको यस परिवर्तनले टर्की, सिरियाको तुलनामा पाँचदेखि ६ मिटर अर्थात् लगभग २० फिटभित्र पसेको छ । तर, उहाँले यो कुरा आफूले अहिले प्राप्त विवरणका आधारमा भनेको बताउनुभएको छ । उहाँले आगामी दिनमा यसबारे स्याटलाइट तस्वीरबारे अझै सटिक जानकारी मिल्न सक्ने बताउनुभयो ।

डरहम विश्वविद्यालयमा स्ट्रक्चरल जियोलोजीका प्रोफेसर डा.बब होल्ड्सवर्थ यति शक्तिशाली भूकम्प आउँदा प्लेट सर्नुलाई स्वभाविक मान्नुहुन्छ । उहाँले भूकम्पको तीव्रता र टैक्टोनिक प्लेट सर्नुमा सिधा सम्बन्ध छ । उहाँका अनुसार ६.६ देखि ६.९ म्याग्निच्युडको भूकम्प आउँदा टेक्नोकिक प्लेटक मिटरसम्म सर्न सक्छ । अहिलेसम्मको जानकारी अनुसार भूकम्प आएपछि यो प्लेट १० देखि १५ मिटरसम्म सरेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?