माघ २८ गते ‘रिभ्याम्प नेपाल २०२३’

Read Time = 2 mins

काठमाडौं । रिभ्याम्प नेपालको पाँचौँ संस्करण ‘रिभ्याम्प नेपाल २०२३’ माघ २८ गते ठमेलको छायाँ सेन्टरमा हुने भएको छ । कार्यक्रममा नेपाली व्यावसायिक क्षेत्रमा हाल सक्रिय रहेका नयाँ उद्यम, व्यवसायका साथै प्रमुख व्यापारिक कम्पनीको संलग्नता रहने आयोजकले जनाएको छ । महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि उत्प्रेरित गर्ने अवधारणाअनुरूप २०२१ को सुरुमा गरिएको रिभ्याम्प नेपाल कार्यक्रम फेब्रुअरी २०२१ र अगस्ट २०२१ मा अनलाइनमा पुनः अप्रिल र सेप्टेम्बर २०२२ मा आयोजना गरिएको थियो ।

पाँचौँ संस्करणले सहभागीलाई प्रत्यक्षरूपमा सम्भावित ग्राहक, ग्राहक र साझेदारसँग अन्तरक्रियाका साथै आफ्ना उत्पादन र सेवा प्रवद्र्धनमा सहयोग पुर्‍याउने बताइएको छ । फाइब्रो नेपाल र आइडिया जार डिजिटलद्वारा नबिल बैंकसँगको सहकार्यमा आयोजना हुने रिभ्याम्पमा डिसहोम, इ-बीमा, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, उपाय, फुडमाण्डू, नेपाल एयरलाइन्स, इ-सेवा, सिस्क्युब टेक्नोलोजी, आर्टसियम प्रोडक्सन, ग्रेस इन्टरनेशनल एजुकेशन, युजी केक, रमाइलो गेम्स, हाइलाइफ र नेपाल युवा उद्यमी फोरम काठमाडौं च्याप्टरलगायतको सहयोग रहेको छ । कार्यक्रममा ७० भन्दा बढी उद्यमी व्यवसायी सहभागी हुने र सात हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?