सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहित थप दुई मन्त्रीले लिए शपथ

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिनुभएको हो ।

प्रदेश प्रमुख जोशीले मुख्यमन्त्रीसहित नेकपा एसका नरेश शाही र कांग्रेसका  प्रकाश देउवालाई मन्त्रीको शपथ गराउनु भएकाे छ श्र

शाह संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा हिजो मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थियो ।

गत २७ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावल हिजो पदमुक्त भएका थिए । उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पछि प्रदेश सभालाई सम्वोधन गर्दै राजिनामा मुख्यमन्त्री रावलले राजिनामा दिए पछि कांग्रेस संसदीय दलका नेता घिमिरेले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शाहले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने जनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?