काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त त्रिचन्द्र कलेजको भवन प्रवलीकरण कार्य सुरु गरिएको छ । भूकम्पबाट चर्किएको सो कलेजको भवन पुनःनिर्माण नगरेको भन्दै विद्यार्थीहरू बारम्बार सम्बन्धित पक्षलाई दबाब दिँदै आएका थिए । त्यस लगतै सरकारले ४८ करोड बजेट छुट्ट्याएर दुई मोडलमा निर्माण गर्ने तयारी गरेको थियो । भवन निर्माण विभागका केन्द्रीय आयोजना कार्वानयन इकाई (भवन तथा आबास) का निर्देशक कोषनाथ अधिकारीका अनुसार कलेजको दक्षिण पट्टीको पुरै भाग क्षतिग्रस्त भएकाले पुरानै स्वरूपमा जगैदेखि नयाँ बनाइने छ । त्यस्तै, उत्तरपट्टीको जिओलोजी, मेट्रोलोजी विभाग रहेको भवन भने प्रवलीकरण गरिनेछ । अधिकारीका अनुसार एक महिनाअघि सुरु भएको प्रवलीकरण तथा पुनःनिर्माण कार्य दुई वर्षभित्र सक्नुपर्ने छ । कलेजको प्रवलीकरण र पुनःनिर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले गत साउन ३ गते ४८ करोड २० लाख ६१ हजार बराबरको लागत अनुमानसहितको योजना तयार पारेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच