काठमाडौं । क्यान इन्फोटेक २०२३ का अवसरमा विभिन्न विषयमा आइसिटी सेमिनार सम्पन्न भएको छ । बुधबारदेखि फरक-फरक विषयमा आइसिटी सेमिनार भएकोमा बिहीबार ‘नेपालमा ब्लकचेन’ विषयमा सेमिनार भएको थियो । ब्लकचेन प्रविधिको नेपालमा प्रयोग, सोको आवश्यक स्रोत, रोजगारीको सम्भावना तथा ब्लकचेनले विभिन्न उद्योगलाई दिने सहयोगबारे ब्लकचेनका जानकार विवेक कोइराला र डिजिटल एज प्रालिकी प्रबन्ध निर्देशक दिव्या दलीले सहजीकरण गर्नुभएको थियो । त्यस्तै, प्यानल छलफलको सहजकर्ताको कार्य सिएसआइटी एसोसिएसनकी अध्यक्ष रोजिना डाँगीले गर्नुभएको थियो ।
‘फिनटेक एण्ड क्रस बर्डर इनवार्ड पेमेन्ट्स एण्ड रेमिटेन्स’ विषयमा सोही दिन अर्को सेमिनार पनि भएको थियो । बुधबार प्रविधि उद्योग र एकेडेमियाबीच देखिएको ग्यापका विषयमा सेमिनार आयोजना गरिएको थियो । सेमिनारले क्यान इन्फोटेकलाई सूचना प्रविधिको प्रदर्शनीसँगै सरोकारवालाबीच सार्थक अन्तरक्रिया गराउने आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान महासंघ) को अपेक्षा छ ।
माघ २९ गतेसम्म सञ्चालन हुने क्यान इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन् । जसअन्तर्गत वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श, कोडिङ च्यालेन्ज तथा रमाइला खेल सञ्चालन गरिरहेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी मेलामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सिसिटिभी, हार्ड डिस्क, एनिमेशन मल्टिमिडियालगायतका एक सय ५० भन्दा बढी स्टल रहेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच