विप्लव निकट नेकपाले लगायो बुंगल नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला

हिमालय टाइम्स
Read Time = 1 min

-सुरेश धामी
बझाङ । विप्लव निकट नेकपाले बझाङको बुंगल नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाएको छ ।

नगरपालिका १ महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन भएपछी नगरपालिकाको कार्यालय विजगडामा नगर प्रमुख जयबहादुर धामी र उपप्रमुख धनबहादुर बोहराको कार्यकक्षमा ताला लगाएको हो ।

आइतबार नेकपाले एक विज्ञप्ति जारी गर्दै नगरपालिकालाई कार्यकर्ता भर्ति केन्द्र बनाएको आरोप समेत लगाएको छ । दलगत स्वार्थका कारण कर्मचारी खिचातानी गर्नाले नगरपालिका कार्यालय कार्यकारी विहिन भएको विज्ञप्तिमा उल्लेख छ । जसका कारण स्थानियले ठुलो सास्ती भोग्नु परेको र उक्त समस्या समाधान गर्नका लागि ताला लगाएको पार्टीका जिल्ला सेक्रेटरी जीवनले बताउनु भयो । जनताको पिडाको सम्बोधन नभएमा कडा संर्घषमा जाने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नगर उपप्रमुख बोहरा केहि समय अघिदेखि धनगढी र नगर प्रमुख धामी काठमाडौं रहेको उनीहरुको आरोप छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?