सरकारले चालु आर्थिक वर्षको बजेट १४ प्रतिशतले घटायो

Read Time = 2 mins

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार घटाउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समिक्षाको सर्वेक्षण प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटाएकाे हाे ।

अर्थमन्त्री पौडेलले चालु बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको ल्याएका बजेट चालु आर्थिक वर्षको बजेट समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाखमा झार्नुभयो ।

उहाँले १३ खर्ब ४१ अर्बको राजश्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ । उहाँले खर्च नहुने बजेट अर्थ मन्त्रालयमा समर्पण गरेर पठाउनुपर्ने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले चालु खर्चमा मितव्ययिता कायम गरी खर्चलाई पुनःप्राथमिकिकरण गर्ने बताउनु भयो । उहाँले चालु खर्च १० खर्ब २१ अर्ब ९२ करोड ८४ लाख र पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ८४ करोय १६ लाख र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब १४ अर्ब २१ करोड ७७ लाख अर्थात ९३.०५ प्रतिशत खर्च हुने अनुमान सरकारले गरेका छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?