प्रचण्ड गर्मीले अमेरिकाका पाँच काउन्टीमा एक सय ४७ जनाको मृत्यु

Read Time = 2 mins

वासिंटन । अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा १४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्यूज नेटवर्क (सिएनएन)ले जनाएको छ । मृत्युको रिपोर्ट तीन राज्यमा भएको छ जुन सबैभन्दा खराब पीडित छ । यसै महिनाको प्रारम्भमा एरिजोनाको पिमा काउन्टीमा ६४ र म्यारीकोपामा ३९ जना, नेभाडाको क्लार्क काउन्टीमा २६ जना, टेक्सासको वेबमा ११ र हृयारिस काउन्टीमा सातजनाको ज्यान गएको उनीहरूले बताएका छन् ।

जुनको अन्तिम सातादेखि बढेको गर्मी अझैसम्म जारी छ । जुन र जुलाई महिनमा लगातार ३१ दिन ११० डिग्री फरेनहाइटभन्दा माथि तापक्रम पुगेपछि जनजीवन अस्तव्यस्त भएको थियो । आँधी र बाढीमा भन्दा गर्मीले ज्यान गुमाउनेको संख्या अधिक भएकामा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

जलवायु संकटले यस्तो अवस्था निम्त्याएको उनीहरूको तर्क छ । हार्वर्ड विश्वविद्यालयका चिकित्सक डेभिड एस जोन्स देशभरिबाट संकलन गरिएको मृत्युको विवरण कम भएको टिप्पणी गर्दै उहाँले गणनालाई रहस्यमय भन्नुभएको छ । रासस÷एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?