जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारकाे निर्णय

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

यसअघि वागमती र कर्णाली प्रदेश तथा नेकपा माओवादीले नेतृत्व गरेका स्थानीय तहहरुमा सार्वजनिक विदा दिने निर्णय गरिसकेका छन् ।

तत्कालीन माओवादीले २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?