श्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगञ्जले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट ईनर्वा बस्ने २५ वर्षीय प्रवेश कुमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताउनु भयो ।

बीआर ०५ एभी ३४७७ नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको त्यो रकमको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

उनको साथबाट १ हजार दरको ७ सय ५० थान र १ सय दरको ५ सय थान नोट फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?