निर्मल ज्योति विजयी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्मल ज्योतिले सातौँ अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको खेलमा निर्मल ज्योतिले पाणिनीलाई ४-० गोलले पराजित गर्‍यो । समर्पण थापाले हृयाट्रिक पूरा गर्नुभयो भने सागर मगरले १ गोल गर्नुभयो ।

अन्य खेलमा टाइमलाइन, मनकामना, मोनास्टिक र कौटिल्यले सफलता हात पार्नुभयो । टाइमलाइनले सिबिआइएलाई टाइब्रेकरमा ५-४ गोलले हरायो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । मनकामनाले श्रमशीलमाथि ५-० को सहज जित दर्ता गर्‍यो । मनकामनाका अनिश डंगोलले हृयाट्रिक गर्नुभयो भने नितेश तामाङ र सुनिल डंगोलले १-१ गोल थप्नुभयो ।

मोनास्टिकले हाइल्याण्डलाई २-० गोलले पाखा लगायो । मोनास्टिकका लागि दुवै गोल ओस्नन तामाङले गर्नुभयो । कौटिल्यले अक्षरिकालाई १-० गोलले पाखा लगायो । पदमराज खड्काले निर्णायक गोल गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?