गढीमाई धार्मिक महोत्सव सुरु

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । ‘रु.१० को दान शिक्षाप्रतिको उच्च सम्मान’ दान अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने, यहाँ नगरे कहाँ गर्ने’ भन्ने मूलनाराका साथ महागढीमाई नगरपालिका-१ स्थित महागढीमाई मन्दिर परिसरमा महाभागवत सप्ताह तथा गढीमाई धार्मिक महोत्सव सञ्चालन भएको छ ।

विश्व प्रसिद्ध गढीमाई मन्दिर परिसरमा सोमबारदेखि सुरु भएको सप्ताह तथा गढीमाई महोत्सवमा नगरवासी जिल्लावासीलगायत देशैभरिका सबैलाई सहभागी भई पुण्यको भागी बन्न महागढीमाई उपमहानगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले आग्रह गर्नुभएको छ ।

गढीमाई बहुमुखी क्याम्पसको लागि दुई बिघा जग्गा खरिद गर्न पाँच करोडभन्दा बढी चन्दा संकलन गर्ने लक्ष्यका साथ यो धार्मिक अनुष्ठान तथा महोत्वसको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । फागुन २ गतेदेखि ९ गतेसम्म भागवत सप्ताह र १५ गतेसम्म सञ्चालन हुने गढीमाई महोत्वसमा कथा वाचन, रासलीला, झाँकी, विभिन्न मनोरञ्जनात्मक खेल, म्युजिकल साधनहरूको आयोजना गरिने उहाँले बताउनुभयो ।

सोमबार महोत्वसवको पहिलो दिन कलश यात्रा गरिएको छ । हरेक पाँच वर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मन्दिरनजिकै रहेको क्याम्पसमा विद्यार्थीको चाप बढ्दै गएको र जग्गा अभावमा क्याम्पस सञ्चालन तथा क्याम्पस भवनको निर्माणमा समेत टेवा पुग्ने उद्देश्यले धार्मिक सप्ताह तथा महोत्सव सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । निःस्वार्थ र सबैको कल्याण हुने कार्यको लागि चालिएको पाइला जहिले पनि सफल हुन्छ, उहाँले भन्नुभयो, ‘शिक्षा दान महादान हो । शिक्षा विकास तथा क्याम्पस भवन निर्माणको लागि हामीले आयोजना गरेको यो धार्मिक महोत्सवबाट हुने आम्दानीले जग्गा खरिद र भवन निर्माणको काम सफल हुनमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।’

जिल्ला र नगरका विद्यार्थीहरू उच्च शिक्षा अध्ययनको लागि जिल्लाबाहिर वीरगञ्ज, काठमाडांै, हेटौँडा, जनकपुर र भारतको विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहँदै आएको छ । उहाँले भन्नुभयो, ‘स्थानीय स्तरमै उच्च शिक्षाको सञ्चालन तथा व्यवस्थापन गर्न सके शिक्षा हासिल गर्ने विद्यार्थीहरूको संख्यामा वृद्धि हुनाका साथै गरिब तथा दलित विद्यार्थीहरू समेतले उच्च शिक्षा हासिल गर्ने अवसर पाउने छन् ।

आर्थिक अभावका कारण गाउँघर बाहिर गएर शिक्षा हासिल गर्न नसक्नेहरूको ठूलो जमात हाम्रो गाउँ समाज र देशमा रहेको छ । उनीहरूरूको लागि स्थानीयस्तरमै उच्च शिक्षाको व्यवस्थापन गर्न सके उनीहरूको उच्च शिक्षा हासिल गर्ने सपना र आर्थिक अभावमा पछि पर्दै आएका गरिब तथा दलित विद्यार्थीहरूलाई अगाडि बढ्ने मौका पाउने उद्देश्यका साथ यो महोत्सवको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?