प्रादेशिक लघुवित्त सम्मेलनद्वारा १४ बुँदे घोषणापत्र

Read Time = 2 mins

विराटनगर । घर-घरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ भन्ने नाराका साथ प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन २०७९ सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै विराटनगरमा सम्पन्न भएको छ । हालका कमी कमजोरी सुधार गर्ने, ग्राहक सदस्यलाई उद्यमी तथा उद्यमशीलता वृद्धि गर्न संस्थाहरूले स्पष्ट कार्ययोजना बनाई ठोस कार्यक्रम बनाएर लागू गर्ने, लघुवित सदस्यलाई ऋणको अति भारबाट जोगाउन कर्जाको आकारमा संस्था र सदस्य दुवै सजग भएर अघि बढ्ने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै, हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीले सदस्यसँगको भेटघाट बढाउने, फिल्डमा काम गर्ने लघुवित्त कर्मचारीको मनोबल उच्च राख्न असल कर्मचारीलाई वार्षिकरूपमा पुरस्कृत गर्ने, सदस्यका समस्या गुनासो सुनुवाइ इकाई स्थापना गरी प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउने, हरेक लघुवित्त तथा सहकारीका कर्मचारीले सदस्यसँग असल व्यवहार गर्ने, युवावर्गलाई स्वदेशमा स्वरोजगार बन्न अभिप्रेरित गर्ने, सदस्यलाई वित्तीय सेवाका अतिरिक्त वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरी सक्षम बनाउने, सदस्यहरूले कर्जा सदुपयोग गर्ने र संस्थाले उपयोगिताको जाँचमा प्राथमिकता दिने, सदस्यले लिएको कर्जा समयमा नै तिरी असल ऋणी बन्नेलगायत रहेका छन् । आयोजक समितिका संयोजक जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जय मण्डलको अध्यक्षतामा सम्पन्न एकदिने सम्मेलनको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?