टर्कीका भूकम्प पीडितलाई महासंघको सहयोग

Read Time = 1 min

काठमाडौं । टर्कीमा हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित जनताका लागि नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । प्रभावित क्षेत्रमा पठाउने कार्यका लागि महासंघका तर्फबाट गृह मन्त्रालय/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो ।

महासंघबाट पठाइएको सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लिपिङ ब्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लोब्स, ब्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्किन सेटप्लर र आइभी सेटलगायत रहेका छन् । सहायता सामग्रीका लागि महासंघको सदस्य रसायन तथा मेडिकल आपूर्ति संघको समेत सहयोग रहेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?