सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ।
बर्जु-२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो।
बर्जुमा दादुराको आशङ्कामा अन्यको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ।
विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नम्बर वडामा बिरामीको नजिक रहेका र शंका गरिएकाको नमूना परीक्षणका साथै क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ।
गाउँपालिका सँगको समन्वयमा सबै विद्यालयमा दादुरासँग सम्बन्धित जानकारी बटुलिने काम सुरु गरिएको उहाँले बताउनुभयो ।
बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिनाभित्र ५ वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखापरे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच