एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । शुक्रबार अपराह्न अध्यक्ष ओली र चिनियाँ राजदूत चेनबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति निर्वाचन र सत्ता समीकरणबारे सत्ता साझेदार दल एमाले र माओवादीबीच सहमति जुट्न नसकिरहेका बेला चिनियाँ राजदूतले पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीलाई भेट्नुभएको हो ।

शुक्रबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच २ घण्टाभन्दा बढी भेटवार्ता भएको थियो ।

ओलीसँगको भेटवार्तापछि बालकोटबाट निस्कने क्रममा प्रचण्डले गठबन्धन नछुट्ने बताउनु भएको थियो । तर, एमाले भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सहमतिको बखेडा झिकेर पुस १० को समझदारीलाई कुल्चन खोजेको आरोप लगाउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?