‘जरत्कारु’ उपन्यास: एकसरो पठनमा

(लेखक पूर्वीय वाङ्मयका अन्वेषक, अनुसन्धाता र अनुवादक हुनुहुन्छ ।)

हिमालय टाइम्स
Read Time = 15 mins
  • तिलकप्रसाद लुइँटेल

अघिल्लो बाहिरी आवरणमा देव आकृतिको चित्र छ । पुरुष वा नारी जुन दृष्टिले हेरे पनि मिल्दो त्यस चार भुजाको तस्वीरमा नागको आसन, नागकै अलंकार रहेका छन् । चित्रका मुनि जरत्कारु कृतिको नाम र अझ तल्लो हरफमा किरण आचार्य कृतिकारको नाम उल्लिखित छ । बाक्लो, चिल्लो कागजको आवरण आकर्षक छ । यो कृति पौराणिक कथामा आधारित उपन्यास हो । शिखा बुक्सले प्रकाशन गरेको, ज्ञानज्योति बुक्स पब्लिकेसन प्रा.लि.वितरक रहेको, प्रकाशन वर्ष उल्लिखित नदेखिए पनि यसै वर्ष प्रकाशनमा आएको भनेर जानकारी भएको यो ३५० रुपैयाँ मूल्यको उपन्यास १३७ पृष्ठमा समाप्त भएको छ र कान्छा छोरा स्व.शाश्वत शर्मा आचार्यप्रति समर्पित छ ।

उपन्यासमा प्रमोद प्रधानबाट ‘पौराणिक ऐनामा आजको यथार्थ’ शीर्षकमा लिखित भूमिका रहेको छ । भूमिकामा साहित्यका क्षेत्रमा उपन्यासको इतिहास उल्लेख भएको छ । ऐतिहासिक सिलसिला यस उपन्यासमा जोड्दै ‘यस उपन्यासको कथा दक्ष प्रजापतिकी नातिनी, नागकन्या जरत्कारु जंगलमा गएर आदिवासी एवं चरम गरिबीमा रहेका बालबालिकालाई पाठशाला खोली अध्ययन गराउन काममा लागिरहेको अवस्थाबाट सुरु भएको छ । त्यसै बेला उनलाई भेट्न आएकी एक महिलाको जिज्ञासालाई शान्त पार्न जरत्कारुकी एक शिष्याले कथा बताउँछिन् र त्यही कथा नै यस उपन्यासको कथावस्तु हो ।’ यसै लेखको अझै अगाडि अर्का ठाउँमा ‘यायावर वंशका ऋषिपुत्र जरत्कारु र कद्रुपुत्री जरत्कारुबीच विवाह भएपछिका घटना प्रसंग यस उपन्यासको विशेष र सबैभन्दा उल्लेखनीय पक्ष हो । पति जरत्कारुलाई ऋषिहरूले कर्तव्यप्रति सचेत गराएपछि पत्नीसित टाढिने थालेको र एकदिन निद्राबाट बिउँझाइदिएको रिसमा लात्ती प्रहार गरेको घटनापछि दुईबीच भएका संवादले पाठकलाई अभिभूत पार्छ । पत्नी जरत्कारुको तर्क र विद्वतपूर्ण भनाइ सुनेपछि पति लज्जित भएर क्षमा माग्न बाध्य हुन्छ तर पत्नी सगर्व पतिलाई त्याग गरेको घोषणा गर्छिन् र अन्नतः ऋषि जंगल प्रस्थान गर्छन् ।’ यसरी भूमिकाबाट पाइने धेरै कुरामा यहाँ थोरै उल्लेख गरियो ।

यायावर वंशका ऋषिपुत्र जरत्कारु र कद्रुपुत्री जरत्कारुबीच विवाह भएपछिका घटना प्रसंग यस उपन्यासको उल्लेखनीय पक्ष हो । पति जरत्कारुलाई ऋषिहरूले कर्तव्यप्रति सचेत गराएपछि पत्नीसित टाढिने थालेको र एकदिन निद्राबाट बिउँझाइदिएको रिसमा लात्ती प्रहार गरेको घटनापछि दुईबीच भएका संवादले पाठकलाई अभिभूत पार्छ ।

उपन्यासको कथानक बारे जानकारी लिन भूमिका नै पर्याप्त छ । त्यसो भए तापनि भूमिका पढेरमात्रै पाठकले प्राप्त गर्नुपर्ने कुरा पाएर पुस्तक नपल्टाई बस्न मिल्दैन । जुनसुकै क्षेत्रमा मानिसको रुचि विभिन्न हुन्छ । आफ्नो रुचिको विषय मिल्दो पाठकलाई उपन्यास राम्रो छ मात्रै भन्दै छोटकरीमा भन्न कुनै कठिनाइ छैन । विषय र रुचि नै नमिलेका अवस्थामा धेरै राम्रो भए पनि प्रस्तुतिले आकृष्ट गर्न सक्तैन । त्यसैले लेखकको विविध क्षेत्र हुनु र पाठकको विविध रुचि हुनु स्वाभाविक हो । मिहिनेत गरी कृतिलाई केलाएर लेखिएको सुन्दर भूमिकामा पाठकलाई पढ्नका लागि आकृष्ट गर्ने गुण मनग्गे छ । नेपाली उपन्यासको इतिहासदेखि जरत्कारु उपन्यासका विविध पाटा र पक्षहरूसम्म आइपुगेको छ । एउटा पाठकले पढेर टिप्पणी गरेपछि व्यक्तिगत परिचय भएर वा नभई पनि अरूले त्यसै टिप्पणीका आधारमा भरोसा गरी कृतिमा यही नै कुरा छ भन्ने धारणा बनाउँदा धेरैवटा कुरा हुन्छन् । पहिलो कुरा त— कृतिकारले लामो समय र धेरै श्रम खर्च गरी पाठकहरूले पढून् भन्ने चाहेको भावनामाथि एक पाठकले अतिक्रमण गरेको हुन्छ । पनि पढिसकेपछि यो यो कुरा यसरी यसरी आएको छ भनेर बताउने प्रयास गरिएन । दोस्रोमा टिप्पणी गर्ने पाठकले देखेको भन्दा भिन्न कोणबाट अरू कुरा अर्का पाठकले फेला पार्ने वा धारणा बनाउने अवसर पनि प्रायः रहँदैन ।

तेस्रोमा आफूले एउटा आफूलाई मन पर्ने कृति पढिसकेपछि जेजति कुरा पाइएको हुन्छ, त्यो सबै लेखेर साध्य हुँदैन । यस उपन्यासका विषयमा सविस्तार लेख्ने हो भने मूलकृतिभन्दा यसमा गरिने टिप्पणी धेरै हुने सम्भावना देखिन्छ । त्यसैले यस्ता धेरै कुरातिर नलागीकन अरू पाठकको पढ्न ऊर्जा थपिदिनु र पाठक स्वयंले बोध गर्ने अवसरलाई सुरक्षित राखिदिनु पहिले पढ्ने पाठकको कर्तव्य हो जस्तो लाग्छ । भूमिका लेख्ता पनि त्यसै अनुसार विचार गरिएको देखिन्छ । यहाँ तिनै कुरा दोहोरिने सम्भावना देखियो । त्यसो हुनाले यी पंक्तिहरू लेख्न लाग्दा नदोहो¥याउने प्रयत्न गरिएको छ । समग्रमा भन्नुपर्दा पौराणिक ऐतिहासिक विषयमा लेखिएका पाठ्यसामग्री पढ्न रुचाउने पाठकले पढ्न थालेपछि पूरा नसकीकन बीचैमा छोड्न मन लाग्दैन । भाषा र विषयवस्तुको प्रस्तुतिले पाठकको मन आफूतिर तानिरहन सक्षम छ ।

लेखक–पाठकको विषयगत रुचिमा हुने विविधता जस्तै भाषिक शैली, प्रस्तुति, वाक्यगठन, वर्णविन्यास, बिम्ब चयन वा समग्र कृतिमा दर्साइने दृश्य परिदृश्यको संयोजन आआफ्नै पाराको हुन्छ । लोकरुचिलाई ती कुराले पनि प्रभाव पारिरहन्छन् । ती पक्षमा कुरा गर्दै जाँदा उसरी नै लेखको विस्तार धेरै हुने र आजको समयमा लामो गन्थन सुन्न मानिसको फुर्सत नहुने हुन्छ । उही कुरा ठूलो व्यक्तिबाट अभिव्यक्त भएमा त्यसले जस्तो प्रभाव पार्छ, सामान्य जनले बताउँदा उति प्रभावकारी नहुने हुन्छ । यिनै कतिपय कुरा विचार गर्दै उपन्यासमा विन्यस्त १४ वटै खण्डको पठनका क्रममा प्रत्येक खण्डबाट एक–एक उद्धरण चिनो लगाएर जस्ताको तस्तै उतारिएको छ । यसरी उतारिएका अंशहरू हेरेका आधारमा कृतिको विषयवस्तु, भाषाशैली, वर्णविन्यास आदि सबै पक्षमा पाठकलाई निजी धारणा बनाउन केही न केही सजिलो नै हुन्छ । उपन्यासको थालनी पृष्ठ १५ बाट भएको छ । अध्याय, खण्ड आदि वा शीर्षक केही उल्लेख नगरिकन शीर्षक रहने ठाउँमा एक रहेको छ । सायद यो उपन्यासको विधि नै हो । यसै अंशको १७ पृष्ठमा ‘एकदिन आश्रममा एउटी साह्रै निर्धन देखिने युवती आइन् । उनको अवस्था देख्दा लाग्थ्यो, कैयौं दिनदेखि भोक र प्यासले लखतरान छन् । च्यातिएका वस्त्रले उनको लाज मुस्किलै ढाकिरहेको थियो ।

आजको दृष्टिले भन्नुपर्दा घरेलु हिंसा र महिला अधिकारको आवाज उठाएको पनि दुवै खालको दृश्य यस अंशमा देखिएको छ । साथै यस भनाइमा उसै समयदेखि शिक्षाका अनेकौं शाखा पनि भएको र पुरुष– महिला सबैले शिक्षा पाएको कुरा प्रष्ट देखिन्छ ।

उनले आफ्ना कथा व्यथा त्यहाँकी शिष्यालाई सुनाइन् । उनले विदुषीको दर्शन गर्न चाहिन् तर ती शिष्याले उक्त समयमा विदुषीसित भेट्न नसकिने कुरा सुनाइन् ।’ सबै युगको समय उस्तै हुँदो रहेछ । अथवा भनौँ मानिसको सामाजिक जीवनमा धनी–निर्धन, शिक्षित–अशिक्षित आदिको भेदभाव रहने र नियम–अनुशासन आदिका प्रपञ्च उस्तै हुन् कि भन्ने संकेत पाइन्छ । अन्य कुराहरू पाठकले नै खोजेर फेला पार्नुहुनेछ । मानिसका जीवनको अनेकता एवं यस्तै महत्वपूर्ण कुराको चर्चापछि दोस्रो अंशमा १८औं पृष्ठबाट प्रवेश भएको छ । यसै अंशको पृष्ठ १९ मा ‘पुज्य पिताजीको निर्णय कुनै पनि राजकुमारीलाई चित्त बुझेन । सबै शिर निहुराएर अश्रुधारा बगाइरहे । यो देखेपछि माता विरणीले पुत्रीहरूको मनोभाव केही प्रतिकूल भएको अनुभूति गरिन् । तसर्थ उनले प्रश्न गरिन्, ‘तिमीहरूको मनसाय के छ ? स्पष्ट भन । तिमीहरूको मन दुखाउने हाम्रो मनसाय कदापि होइन । के यी वर उपयुक्त छैनन् वा तिमीहरूले केही प्रण गरेका छौँ  ?’

यस सानो अनुच्छेदमा त्यस समयमा पनि मातापिताले खोजेर रोजेर छोरीको बिहे गरिदिने चलन रहेछ साथै छोराछोरीले आफ्नो भावी जीवनका लागि आफैंले पनि जीवनसाथी रोज्न पाउने अधिकार रहेछ भन्ने संकेत पाइयो । पाठकले पढ्दै फेला पार्ने यस्ता आजको समाजसँग मिल्दा कुराहरू अरू पनि छन् । अंश दुईको समाप्ति पृष्ठ २४ मा भएपछि पृष्ठ २५ मा अंश तीनको थालनी भएको छ । पृष्ठ २८–२९ मा यस अंशभित्र ‘...उनले अदितिलाई तानिहाले । यो देखेपछि अरू पत्नीहरू आफ्नो कक्षमा गएर रुन लागे । उनीहरूसित कुनै उपाय थिएन । सदाको यो असहृय र अव्यक्त पीडा । दनायुले भनिन्, ‘म पनि सहन्नँ । श्राप दिए देलान् । घरबा निकाले निकालून् । म त यो अन्यायको विरोध गर्छु । हामीले न्याय माग्दा श्राप दिन्छन् भने ती अन्यायीलाई ईश्वरले श्राप दिनेछन् ।’ दिदीका कुरा सुनेपछि सधैं शान्त बस्ने कद्रु बोलिन्, ‘हजुरहरूले राजनीतिशास्त्र र युद्धशास्त्रको अध्ययन गर्नुभएको छ । सबैजना वीरांगना हुनुहुन्छ । मैले समाजशास्त्र, दर्शन र साहित्य अध्ययन गरेकी छु ... ।’

आजको दृष्टिले भन्नुपर्दा घरेलु हिंसा र महिला अधिकारको आवाज उठाएको पनि दुवै खालको दृश्य यस अंशमा देखिएको छ । साथै यस भनाइमा उसै समयदेखि शिक्षाका अनेकौं शाखा पनि भएको र पुरुष– महिला सबैले शिक्षा पाएको कुरा प्रष्ट देखिन्छ । मानिस मानिसबीचको पारिवारिक, सामाजिक र राज्यस्तरीय फाटो र द्वन्द्व सबै कालमा रहेको यसै भनाइबाट देखियो ।
उपन्यासको ३३औं पृष्ठमा अंश चार सुरु भएको छ । यस अंशको समाप्ति पृष्ठ ४३ मा भएको छ । अन्तिमभन्दा अघिल्लो अनुच्छेदमा— ‘सुराको आनन्द र सुन्दरीको आकर्षणले उनलाई युद्ध राज्यसत्ता र जनता सबै बिर्साइदिए । आफ्ना माता–पिता, गुरु–पुरोहित सबैले गरेको विश्वासलाई लत्याइदिए किनभने उनले सर्वस्व प्राप्त गरिसकेका थिए, उर्वशी अनि मेनका, तिलोत्तमाका रूपमा ।’ यस सानो अनुच्छेदमा हेर्दा हिजोको समाजमा पनि राज्यसत्ता थियो । राज्यका प्रमुख शासक जे जस्ता कुराले आज कर्तव्यच्युत भइरहेका छन्, हिजोको हालत पनि उस्तै देखिन्छ । क्रमशः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?