नामिबियाविरुद्ध आसिफ शेख र ज्ञानेन्द्र मल्लले बनाए अर्धशतक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नामिबियाविरुद्ध नेपालका दुई खेलाडी अर्धशतक बनाएका छन् । ओपनर आसिफ शेखले जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्ध अर्धशतक बनाएका छन् । यसैगरी अर्का व्याट्स म्यान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले ६४ बलमा अर्धशतक पूरा गरेका छन् । उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन जोडेका हुन् ।

किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गरेको थियो ।

हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।  त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो।

 

लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?