-जीवन परियार
कर्णालीमा खाली खुट्टा गरुङ्गोछिन् मेरी आमा
दुःखमय जिन्दगी कणालीपारि भोग्दैछिन मेरी आमा
कैयौं सत्ता फेरिए कयौं सांसद फेरिए हेरेनन् कसैले
कर्णाली प्रदेश नेपालमा पर्छ कि नाइँ भनी सोध्दैछिन् मेरी आमा ।
हेर आजको लोकतान्त्रिक सरकार जिउँदो लास सावित भयो
हिजो कत्तिलाई बिचल्नी बनाई आफू विद्वान सावित भयो
अब झुट नबोले हुन्छ देश विकास गरिसक्यौँ भन्दै
हुम्ला मुगु अनि कर्णाली प्रदेश प्रमाण सावित भयो ।
मलाई मेरो देशको बारेमा सोध्न मन छ
त्यही देशभित्र रहेको भेषको बारेमा सोध्न मन छ
खोइ कहाँ छन् सरकारमा बसी देश चलाउने नेताहरू
सबै भन्दा पिछडिएको कर्णाली प्रदेशको बारेमा सोध्न मन छ ।
दलितले मन्ध मुस्कान बोल्दा पनि हेप्छन् कर्णालीमा
एउटै धारा, पाटी, पौवा जान पनि छेक्छन् कर्णालीमा
यो समाज पनि कस्तो आश्चर्यजनकको छ है
अरू त टाढाको कुरा ठकुरीको गाई बाँध्ने रिस हुँदा पनि लखेट्छन् कर्णालीमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच