हङकङको जनसंख्या घट्दो क्रममा

Read Time = 1 min

हङकङ । सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसंख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसंख्या गतवर्षको अन्त्यमा शून्य दशमलव नौ प्रतिशतले घटेको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ ।

सन् २०२२को अन्त्यमा यहाँको जनसंख्या ७३ लाख ३३ हजार दुई सय अभिलेखीकरण भएको थियो । त्यस वर्ष ३२ हजार पाँच सय शिशुको जन्म भयो भने ६२ हजार एक सयजनको मृत्यु भएको जनगणना विभागले बताएको छ । कोरोना महामारीका कारण मृत्युको अनुपात बढेको अनुमान गरिएको छ ।

यसैबीच, हङकङले चिनियाँ मुख्य भूमि र विश्वकाद्द अन्य देशबाट पर्यटक भित्र्याउन कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाएपछि यहाँको अर्थतन्त्र गतिशील हुने ठानिएको छ । पाँच लाख पर्यटकलाई निःशुल्क यात्राको व्यवस्था मिलाउने घोषणा विशेष प्रशासनिक क्षेत्र सरकारले गरेको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?