बैतेश्वरमा ४४ प्रतिशत योजना सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षको दश महिनामा करिब ४४ प्रतिशत योजनाको काम सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९-८० बार्षिक बजेटमा समेटिएका कुल २६४ योजनामध्ये माघ मसान्त सम्ममा ४३ दशमलव ५६ प्रतिशत योजनाहरूको काम सम्पन्न गरेको हो ।

चालु आर्थिक वर्षको बार्षिक बजेटमा छनोट गरिएका कुल २६४ योजनाहरू मध्ये आर्थिक वर्षको माघ मसान्त सम्ममा २२४ योजना सम्झौता भई ११५ योजना सम्पन्न भईसकेको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो । गाउँपालिकाले छनोट गरेका कुल योजनाहरू मध्ये ४३ दशमलब ५६ प्रतिशत सम्पन्न भएको अध्यक्ष लामाको भनाइ छ ।

पालिकास्तरीय तथा वडा स्तरीय गरी १०९ योजनाको सम्झौता हुन बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावलीले बताउनुभयो । बाँकी योजनाहरूको पनि शिघ्र कार्यन्वयनका लागि गाउँपालिका सम्झौता गर्ने क्रममा रहेको उहाँको भनाइ छ ।

गाउँपालिकाका वडास्तरीय योजनाहरूमा वडा नम्बर १ मा ३९ योजना छनोट भएकोमा १८ वटा, २ मा ३१ योजना छनोट भएकोमा नौ वटा तथा वडा नम्बर ३ मा ४० योजना छनोट भएकोमा १९ वटा योजना सम्पन्न भएका छन् । यस्तै वडा नम्बर ४ मा ३४ योजना छनोट भएकोमा १६ , पाँचमा २८ छनोट भएकोमा २१ र वडा नम्बर ६ मा ४० योजना छनोट भएकोमा १९ सम्पन्न भएको बैतेश्वर गाउँपालिकाको तथ्यांक छ ।

यसैगरी, वडा नम्बर ७ मा २९ योजना छनोट भएको मा नौ, तथा वडा नम्बर ८ मा १९ योजना छनोट भएकोमा चार योजना सम्पन्न भएका छन् । पालिकास्तरीय चार योजना छनोट गरिएकोमा भने तीनवटाको सम्झौता भई निर्माणाधीन छन् भने एक योजनाको सम्झौता हुन बाँकी रहेको बैतेश्वर गाउँपालिकाका इञ्जिनीयर युधिष्टिर केसीले जानकारी दिनुभयो ।

गाउँपालिकाबाट विकास निर्माणका योजनाहरूको निरन्तर अनुगमन भइरहेको कारण योजनाहरू समयमै सम्पन्न हुने क्रम बढेको गाउँपालिका अध्यक्ष छवि लामाले बताउनुभयो । अरू समय काम नगर्ने असारमा एकैपटक छिटोछिटो काम सकी भुक्तानी लिने प्रवृत्तिको अन्त्य गर्न गाउँपालिका सचेत रहेकाले बाँकी योजनाहरू पनि छिटै सम्पन्न हुने क्रममा रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?