यस्तो छ हरियो तरकारी र फलफूलको मूल्य

Read Time = 2 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अंगुर १२० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेडा ३५ रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, रातो आलु २६ रुपैया, स्थानीय काउली २० रुपैयाँ, कागती १५० रुपैयाँ, किवि ३०० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ तोकोको छ ।

यस्तो, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल गोलभेडा १५ रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, तोरीको साग ३० रुपैया, पालूगो साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० र हरियो धनिया ३० रुपैयाँ कायम गरिएको छ ।

यता, ताजा रहु माछा ३३० रुपैयाँ केजी, मुंगरी माछा ३१० रुपैयाँ केजी, ताजा बचुवा माछा २६० रुपैयाँ केजीमा कारोबार भइरहेको छ भने ताजा छडीको माछा प्रतिकेजी २४० रुपैयाँमा खरिदबिक्री हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?