‘नम्बरी सुन’को ९० प्रतिशत छायांकन सम्पन्न

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को ९० प्रतिशत छायांकन सम्पन्न भएको छ । राजु गिरीको निर्देशनमा निर्माण भइरहेकको यो चलचित्रको सिकाली चौरबाट सुरु भएको छायांकन अहिले लम्जङको भुजुङ गाउँमा २०औं दिनको छायांकन चल्दैछ । निर्माण टिमका अनुसार भुजुङमा पहिलो पटक नेपाली भाषाको चलचित्र छायांककन भएको हो ।

७० वर्ष पुरानो कथा भएकाले पनि लम्जुङको भुजुङ गाउँमै छायांकन गरिएको चलचित्रका कथाकार तथा प्रस्तुतकर्ता नारायण खातीले जानकारी गराउनुभयो । चलचित्रको कथाले नै पौराणिक गाउँ खोजेकाले उपयुक्त स्थान खोज्दै जाँदा भुजुङ गाउँ पुगिएको निर्देशक गिरी बताउनुहुन्छ ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायत कलाकारको अभिनय रहनेछ ।

सुवर्ण शिभान्स प्रोडक्सनकोे व्यानरमा निर्माण भइरहेको चलचित्रमा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खातीलगायत बालकलाकारको अभिनय रहनेछ । शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दै हुनुहुन्छ ।

चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछाने नृत्य निर्देशक, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन, अशोक रोक्काको मेकअप छ भने मुख्य सहायक निर्देशनमा जीवन गौतम र प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी हुनुहुन्छ । चलचित्रमा अभिनेता तथा निर्माता किरण नेपाली भिलेनको भूमिकामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?